इलाम : नेकपा–माओवादीका राज्य समिति सदस्यसहित १४ जनाले पार्टी अलोकतान्त्रिक पद्धति र अराजक क्रियाकलापप्रति अघि बढेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
हिंसामा पार्टी केन्द्रित रहेकाले हिंसाबाट राज्यले मुक्ति नपाउने भन्दै नेकपा–माओवादीका राज्य समिति सदस्य तुलसीप्रसाद लिम्बू (आकाश) सहित १४ जनाले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरूमा शान्तिडााडा गाउा कमिटी इन्चार्ज पदम पोखरेल, गाउा कमिटी सदस्य मदन कटुवाल, सुदीप कटुवाल, मोहनकुमार खत्री, सुरवीर खत्री, लक्ष्मी ढुङ्गाना, कमला निरौला, हरिबहादुर बस्नेत, टीकाराम श्रेष्ठ र जिल्ला कमिटी सदस्य ज्योति भट्टराई रहेका छन् ।
यस्तै माईपोखरी निवासी जिल्ला कमिटी सदस्य जयकुमार सोङ्मी, पुवामझुवा गाउा कमिटी सदस्य गङ्गा राई र पुवाझुवाका युवा ब्यूरो सदस्य सौगात राई रहनुभएको छ । लामो समयदेखि सक्रिय रहे पनि अहिले आएर हिंसा, बम पड्काउने, बन्द गर्ने, आतङ्क सिर्जना गर्ने, जनताको शान्तिपूर्ण रूपमा बााच्न पाउने अधिकार कुण्ठित गर्नेजस्ता हिंसात्मक बाटो आगाल्न थालेपछि पार्टी परित्याग गरेको राज्य समिति सदस्य आकाशले बताए ।
प्रतिक्रिया