‘धर्म परिवर्तन गराउन पाइदैन’

काठमाडौं : कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कांग्रेस स्थापनाकालदेखि नै धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै धर्म निरपेक्षता कुनै धर्म मान्न नदिने नभई सबै धर्मलाई राज्यको तर्फबाट समान व्यवहार गरिने बताएका छन् ।
‘राज्यको कुनै धर्म विशेष हुदैन, नागरिकको आफ्नो धर्म हुन्छ र सबैको धर्म मान्ने स्वतन्त्रता पनि हुन्छ तर धर्म परिवर्तन गर्नु गराउन पाइदैन गरे गैरकानुनी हुन्छ,’ बुधवार बानेश्वरमा आयोजित कार्यक्रममा महामन्त्री सिंहले भने । अघिल्लो संविधानसभामा एकल पहिचानसहितको जातीय संघ निर्माण गर्नेलगायतका कुराले संविधान निर्माण हुन नसकेको दृष्टान्त प्रस्तुत गर्दै उनले फेरि धार्मिक मुद्दा राजनीतिमा प्रवेश गराएर चलखेल गर्ने प्रयास भइरहेको बताए । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसाास्कृतिक देशको पहिचान भएको मुलुक भएकाले यसको विशिष्ट पहिचानलाई धर्म निरपेक्षताले झन् मलजल गर्ने उनको भनाइ थियो । धर्म निरपेक्षता पछि हिन्दू धर्मलाई समस्या परेको भन्ने कुरा तथ्यपरक नरहेको भन्दै महामन्त्री सिंहले २०५८ को जनगणनामा हिन्दूको जनसङ्ख्यामा ८०.६२ प्रतिशत रहेकोमा २०६८ को जनगणनामा शून्य दशमलब ७२ प्रतिशतले बढेर ८१.३४ प्रतिशत पुगेको छ । (सौस)

प्रतिक्रिया