घरदैलोमा पार्टी प्रवेश

काठमाडौं : निर्वाचनका कार्यक्रम लिएर जनताका घरदैलोमा पुगेका एमालेका नेताहरुको कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लहर बढेको छ । एमालेले दिएको जानकारी अनुसार सोमवार मात्र देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनाल उम्मेदवार रहेको सर्लाही क्षेत्र नं. १ बाट स्थानीय बुद्धिजीवी, मजदुरलगायतका सर्वसाधारणसमेत गरी करीब १ हजार ५ सय कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ । पार्टी प्रवेश गर्नेहरुलाई खनालले टीका लगाएर स्वागत गरेका थिए । यस्तै, झापा निर्वाचन क्षेत्र नम्बर ७ मा पनि करीब सात सय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जानकारी दिएको छ । उक्त क्षेत्रका नयाा प्रवेशीलाई एमालेका स्थायी समिति सदस्य एवम् झापा क्षेत्र नं. ७ का एमाले उम्मेदवार केपी शर्मा ओलीले टीका लगाएर स्वागत गरेका थिए ।
दोलखाको क्षेत्र नम्बर १ मा पनि करीब ३ हजार ५ सय ७० र क्षेत्र नम्बर २ मा २ हजार ८ सय भन्दा बढी कांग्रेस र एमाओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको नेकपा (एमाले) दोलखाले जनाएको छ । त्यस्तै चितवन र मकवानपुरमा पनि एमाले प्रवेश गर्नेको लहर चलेको एमालेले जानकारी दिएको छ । त्यस्तै उदयपुर र सुनसरीमा पनि एमालेमा सयौंले प्रवेश गरेको एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया