बुटवल, १७ कात्तिक । लोकतन्त्रवादी पेशाकर्मीहरुले लोकतान्त्रिक नयाँ संविधानका लागि नेपाली कांग्रेसलाई विजयी बनाउन आह्वान गरेका छन् ।
बुटवलमा आज (आइतबार) आयोजित लोकतन्त्रवादी पेशाकर्मी संजालको कार्यक्रमका वक्ताहरुले कांग्रेसको नेतृत्वमा मात्रै नयाँ संविधान निर्माण हुन सक्ने बताएका हुन् ।
‘विगतमा बामपन्थीहरुको बहुमत भएर पनि संविधान निमार्ण हुन सकेन,’ उनीहरुले भने, ‘यस पटक कांग्रेसलाई बहुमत दिनु पर्छ ।’
नेपाल शिक्षक संघका निर्वतमान अध्यक्ष मोहन ज्ञवालीले कांग्रेससहित लोकतान्त्रिक शक्तिहरुको जित अनिवार्य रहेको बताए ।
प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष बासुदेव घिमिरेले विगतका आन्दोलनको नेतृत्व कांग्रेसले गरेका कारण उपलब्धी पाएको स्मरण गरे । ‘नयाँ संविधानका लागि कांग्रेसको नेतृत्व अनिवार्य छ,’ उनले भने, ‘कांग्रेसले सबैलाई मिलाएर लैजान्छ ।’
प्रतिक्रिया