किरात स्वायत राज्य सम्बोधन गर्ने प्राथमिकतामा

धरान, १३ कात्तिक । मंसीर ४ गतेको संविधानको सभाको चुनावमा राईहरूको अधिकार र मुद्धालाई समेट्ने पार्टीलाई मात्रै किरात राई यायोख्खाले भोट हाल्ने भएको छ । यायोख्खाले मंगलवार धरानमा पत्रकार सम्मेलन गरी यायोख्खाले उठाउँदै आएको किरात स्वायत राज्यको मागलाई संवोधन गर्ने पार्टीलाई प्राथमिकता दिने केन्द्यि अध्यक्ष यशोदा राईल वताइकी छिन ।

पहिचानको लागी लामो समय देखि आन्दोलन गर्दै आईरहेको किरातले पहिचान सहितको किरात राज्यको माग गर्दै आईरहेको छ । अग्राधिकार र जातीय स्वायत्तता सहितको किरात राज्य नै किरात राई यायोख्खाको मुल मुद्धा रहेको केन्द्यि अध्यक्ष राईले बताएकि छिन् । अब बन्ने संविधानमा पहिचान सहितको किरात स्वायत्त राज्य अपरिहार्य भएको उनको धारण्ाँ छ । किरातहरूलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्य सत्ताका स्थानीय देखि केन्द्रिय स्तरका हरेक अंगमा सहभागीको सुनिश्चितता हुनुपर्ने माग राख्दै आएका छन् । हाम्रो पहिचान भाषा, धर्म, संस्कृति, ईतिहास र भुगोलको सम्मान गर्दै स्वायत्त राज्यको नामाकरण गर्नु पर्छ राईले बताईन । कसैलाई आफुहरूले हवीप जारी नगने वताउदै उनल मागलाई संवोधन गर्नका लागि सबै दलहरूलाई ध्यानाकर्षण्ँ गर्ने सम्मेलनमा जानकारी गराइन ।
अघिल्लो संविधान सभाको निर्वाचनमा यायोख्खाले सम्पुणर््ँ सदस्यहरूलाई व्हीप जारी गरि तत्कालीन नेकपा माओवादीका सुनसरी क्षेत्र नं. १ का उम्मेदवार किरण कुमार राईलाई भोट हाल्न निर्देशन दिएको थियो । राईहरूको जातिय भोटकै कारण राईले जितेका थिए ।यायोख्खाले उठाउदै आएको किरात स्वायत राज्यको माग गर्दै आगामी कातिर्क १५ गते पुर्वाञ्चल स्तरिय राईहरूकोक्षेत्रीय आमसभा गर्ने भएको छ । धरानमा हुने क्षेत्रीय आमसभामा पुर्वाञ्चल भरि छरिएर रहेका राईहरूको उपस्थिती रहने यायोख्खाले जनाएको छ । धरानको सभागृहमा हुने आम भेलावाट किरात राज्यको स्वायतताको मागका वारेमा आधिकारिक धारण्ाँ आउने केन्द्रिय महासचिव दिवश राईले वताए । आमभेलाले किरात स्वायतता राज्य प्राप्तीका लागि राजनीतिक सचेतनाका ल्याउने छ पत्रकार सम्मेलनमा किरात राई यायोख्खा सुनसरीका अध्यक्ष शुभचन्द्र राईले भने । देशभरि राईहरूको जनसख्या २०६८ सालको जनगण्ँनाले ६ लाख २० हजार देखाएको भए पनि राईहरूले तथ्याँक सही नभएको भन्दै ७ लाखको हाराहारीमा रहेका दावी गर्दै आएका छन् ।

प्रतिक्रिया