धनगढी : नेपाली काग्रेसका वरिष्ट नेता एवं कैलाली क्षेत्र नंम्बर ६ का उम्मेदवार शेरबहादुर देउवाको स्वागतका लागि निर्वाचन आचारसंहिता विपरित ठूलो संख्यामा सवारी साधनहरुको प्रयोग गरिएको छ ।
चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागि हुन बुधबार हवाइमार्गबाट धनगढी आएका नेता देउवालाई स्वागतार्थ आचरसंहिता विपरित सवारी साधनको प्रयोग गरिएको हो । बुधवार र बिहीवार बिहान आफ्नो कैलाली क्षेत्र नंम्बर ६ मा आयोजना गरिएको कार्यक्रममा आचरसंहिता विपरित सवारी साधन प्रयोग गरिएको थियो ।
आचारसंहितामा एक जना उम्मेदवारले दुई वटा र पार्टीले दुई वटा हलुका सवारी साधनको प्रयोग गर्न पाउने व्यवस्था छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेता देउवाको स्वागतका लागि भने तीन वटा बस र डेढ दर्जनभन्दा बढी चार पांग्रे सवारी साधनको प्रयोग गरिएको थियो ।
ती सवारी साधनहरुमा नेपाली काग्रेसको झण्डा लगाइएको थियो । देउवाको कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको कैलालीका मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले बताए । ‘आचारसंहिताको उल्लङ्घन भएको छ । मैले पनि आचारसंहिता विपरित सवारी प्रयोग भएको देखो,’ मुख्य निर्वाचन अधिकृत भट्टले भने, ‘यसबारे उहाासाग कुरा गर्नेछु ।’
पहिलो चरणमा सचेत गराउने र आगामी कार्यक्रममा सुधार नगरिए निर्वाचन आयोगलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिने उनले बताए । आचारसंहिता उल्लङ्घन भएको पाइए पहिलो चरणमा सचेत गराउने, नसच्याए एक लाख रुपैया जरिवाना वा उम्मेदवारी रद्द वा ६ वर्षसम्म चुनाव लड्न नपाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।
देउवा बिहीवारै ठूलो संख्यामा सवारी साधन र कार्यकर्तासहित अर्को आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा गएका छन् । उनी केही दिन डडेल्धुरामै रहने र १२ गते मात्र कैलालीमा फर्कने कार्यक्रम रहेको नेपाली कााग्रेस कैलालीले जनाएको छ । (सौस)
प्रतिक्रिया