धनगढी, ८ कात्तिक । नेपाली काग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा–माओवादीलाई निर्वाचनपछि पनि सहमतिमा ल्याउन सकिने बताएका छन् ।
माओवादीलाई निर्वाचनमा ल्याउन विभिन्न पहलकदमी गर्दा पनि ल्याउन सकिएन् तर निर्वाचन पछि जसरी भएपनि सहमतिमा ल्याएर संविधान जारी गरिने उनले धारणा छ । यसका लागि बैद्य (माओवादी) लाई संविधासभाबाट मनोनित गरिने २६ सैं सिट पनि दिन सकिने नेता देउवाले बताए ।
कैलाली क्षेत्र नंम्बर ६ का उम्मेदवार समेत रहेका नेता देउवाले आफ्नो निर्वाचन क्षेत्रमा आउने क्रममा धनगढीमा पत्रकारसाग कुरा गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।
‘बैद्यजीहरुको भावनाको कदर तथा सल्लाह गरेरै संविधान बनाईने छ,’ नेता देउवाले भने, ‘मनोनित हुने २६ जनाका साथै अन्य विशेष व्यवस्था पनि गर्न सकिने छ ।’
आफूले वैद्य समूह बिनाको निर्वाचन हुदैन । सहमति भए मिति सार्न पनि सकिन्छ भने पनि सो हुन नसकेको बताउदै उनले भने—‘अब देश निर्वाचनबाट पछाडी फर्किन नसक्ने भएकोले जसरी पनि निर्वाचन हुन्छ र वैद्य समूहलाई पनि सहमतिमा ल्याउन विभिन्न पहलकदमी चालिने छ ।’
उनले निर्वाचनमा सेना परिचालन भएकोमा अन्यथा नलिन आग्रह गर्दै जनताको सुरक्षाकै लागि सेना परिचालन भएको दावी गरे । देउवा कैलाली क्षेत्र नंम्बर ६ बाट उम्मेदवार भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका हुन् । देउवा कैलालीका अलावा डडेल्धुराबाट पनि उठेका छन् ।
आफ्नो पक्षमा चुनावी माहोल बनाउन देउवा बिहीबार डडेल्धुरा गएका छन् । उनी यही १२ गतेपछि मात्र धनगढी आउने कार्यक्रम रहेको नेपाली कााग्रेस कैलालीले जनाएको छ ।
प्रतिक्रिया