एमाओवादीलाई कमजोर बनाउँन सक्दैनन्

Janardan-Sharmaदाङ, ७ कात्तिक । एकीकृत माओवादीका नेता जनार्दन शर्माले आफूहरु बिरुद्ध नेकपा–माओवादी कम्जोर बनाउने षडयन्त्र लागेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज (बिहीबार) तुलसीपुरमा आयोजना गरेको सात्क्षाकारमा नेता शर्माले नेकपा–माओवादी एमाओवादी विरोधी रहेको बताए । ‘नेकपा–माओवादीलाई वार्ता र संवादबाट संविधानसभामा भाग लिने वातावरण बनाउन शीर्ष नेता क्रियाशील छन्,’ उनले भने ।
नेकपा–माओवादीको षड्यन्त्रलाई सफल हुन नदिने उनको भनाई छ । ‘परिर्वतनकारी शक्ति एमाओवादीलाई कम्जोर बनाई मुलुकमा संकट ल्याउने प्रयासमा नेकपा–माओवादी लागे उस्को उदेश्य पुरा हुँन दिँदैनौं,’ उनले भने, ‘नेकपा–माओवादीले चुनाव बहिष्कार गर्नु भन्दा पनि चुनावमा भाग लिनु उचित हुन्छ ।’
विगतको संविधानसभामा सहमतीय प्रणाली विफल भएकाले कुनै एउटा पार्टीलाई जनताले स्पष्ट बहुमत दिँनु पर्ने नेता शर्माको भनाई छ ।

प्रतिक्रिया