बजार अभावले स्याउ कुहिदै

apple-treeमुगु २५ असोज । हवाई जहाज र सडक यातायातसमेत नचलेका कारण रुखमा फलेको स्याउ गोठमा कुहाएर राख्नु परेको छ ।

समयमा स्याउ बिक्री भएको भए दसौ खर्च चल्थ्यो अब दसौ कसरी मनाउने भन्ने चिन्ताले सताएको कार्कीवाडा–२ का कर्णबहादुर भामले बताए ।
यो पटक सानै खसीको १५ हजार बढी छ, बजार मूल्य पनि उस्तै छ, यता स्याउले बजार नपाउादा लाखौको स्याउ खेर गएको छ दसौ खर्च चलाउन पनि मुस्किल हुने भामको भनाईा छ । अहिले भामका स्याउ बगौचामा धेरै स्याउ फल्यो तर बजार पाएन । उनको गोठमा जताततै स्याउ राखिएको छ धेरै स्याउ त गाई–भौसीलाई कुडो बनाएर दिए । केही स्याउको रक्सीसमेत बनाए तर सोचेको जस्तो आम्दानी हुन सकेन ।
गएको जेठदेखि रारा विमानस्थलको सुधारकार्य भइरहेकाले हवाइसेवा अवरुद्ध छ भने नाग्म गमगढी सडकसमेत अवरुद्ध छ । बुधबारदेखि सडक यातायात सेवा सुचारु भएपनि दसौ सबैको घर दैलोमा पुगीसकेकाले स्याउ कृषककले उत्पादन गरेका स्याउले बजार पाउने अवस्था छैन ।
अहिले गमगढी बजारमा डोकामा स्याउ बेच्न ल्याउदा रु पााच को दाना पर्छ । कहिले कााही त डोकोको स्याउसमेत बिक्री नभएपछि बजारमा चिने जानेका आफन्तलाई बााडनुपर्ने बाध्यता रहेको भामले बताए ।
स्याउ कृषक भाम उदाहरण मात्र हुन । धेरै कृषकको स्याउले यो वर्ष बजार नपाएर खेर गएको छ । स्याउ खेरजान थालेपछि बङ्गुर किनेको छु धेरै स्याउ खेर गयो, अब मसाग ३० क्विन्टल स्याउ बााकी छ गाडी चलेपछि नेपालगन्ज लिने योजना बनाएको रोकायाको भनाई छ ।
हवाई यातायात र सडक यातायात बन्द भएपछि अन्य कृषकले उत्पादन गरेको स्याउ खेर गएको छ । हवाई यातायात सुचारु हुादा कृषकको बगौचामा फलेको स्याउ बगौचाबाट नै बिक्री हुन्थ्यो भने स्याउ बेचेर दसौका लागि लुगाफाटो, खसी किन्ने कृषकको दसौ खल्लो हुने भएको छ ।
जिल्लाको कार्कीवाडा, पिना, रोवा, रुगा, जिमा, मााग्री, खमालेलगायतका गाविसलाई स्याउको पकेट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया