अब सबैको भरोसा एमालेमा मात्र : पोखरेल

Ishowar Pokarelकाठमाडौं, २५ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य र मान्यतासित मेल खाने तर्कहरु बलशाली नभए फेरि मुलुकले संविधान पाउन नसक्ने दाबी गरेका छन् । रानीबारी समाजले बिहीबार दसैं तथा तिहारको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘अघिल्लो संविधानसभामा लोकतान्त्रिक मूल्य र मान्यतासाग मेल नखाने तर्कहरु बलियो हुादा मुलुकले चार बर्षसम्म पनि संविधान पाउन सकेन,’ एमाओवादीप्रति लक्षित गर्दे उनले भने, ‘अधिनायकबादको गन्ध आउने तर्कहरु बलिया भएर अघिल्लो संविधानसभालाई कैद गर्न खोजियो ।’

पोख्रेलले काङ्गेस पनि इतिहासको हवाला दिएर वर्तमानको गुजारा गर्नका लागि मात्रै योग्य भएको आरोप लगाए । काङ्ग्रेस नेतृत्वले विद्यमान चुनौतिको सामना गर्न नसक्ने उनको दावी थियो । ‘अहिलेका अन्तरविरोधलाई छिचोल्न काङ्ग्रेस पूर्णत: असफल भइसकेको छ,’ उनले भने, ‘अब एमाले मात्रै जनतासमक्ष विकल्पका रुपमा आएको छ ।’ वर्तमानको जटिलतालाई पार लगाउने सोच, प्रस्ताव एमालेसाग मात्रै भएको जिकीर उनले गरे ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महासचिव पोखरेलले एमाले सु–स्पष्ट दृष्टिकोणका साथ सधैव जनतासाग रहेको र आगामी संविधानसभा निर्वाचनको मैदानमा उत्रिदा पनि यस्ता कुराहरुमा स्पष्ट घोषणापत्रका साथ आउने बताए ।
त्यसैगरी एमाले धापासी गाउा कमिटीद्धारा आयोजित मतदाता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले ल्याएका आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रमिक प्रतिवद्धताहरुलाई निरन्तरता दिन चाहिरहेको बताए ।
‘हामीले जुनबेला आफ्नो गाउा आफै बनाउँको कुरा अगाडि सार्‍यौंं, त्यसबेला केन्द्रबाट ३ लाखको रकम पाएर जनताले ५० लाखको काम गर्न पाए,’ तत्कालीन प्रधानमन्त्री अधिकारीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका पोखरेलले भने ‘त्यसलाई निरन्तरता मात्रै होइन, हामी समुन्नत बनाउन चाहन्छौं ।’
उनले जेष्ठ नागरिकलाई संरचनागत सम्मान गर्ने हिसाबले अगाडि बढ्न चाहिरहेको समेत बताएका थिए ।

प्रतिक्रिया