मानवअधिकार आयोग दसैमा खुला रहने

aayogललितपुर : राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीयसहित नौवटै इकाइ बडादसैँको अवधिमा खुला रहने जनाएको छ । दसैँ अवधिमा पनि मानवअधिकार हनन घटनाका उजुरी लिने र छानबिन गर्न अघिल्ला वर्षमा केन्द्रीय कार्यालय मात्र खुला गर्ने गरिएकामा यसपालीदेखि सबै इकाइ खुला राख्न लागिएको जनाएको छ । दसैँकै अवधिमा संविधानसभा निर्वाचनको प्रचार अभियान चलिरहेको कारण ललितपुरको हरिभवनस्थित केन्द्रीय कार्यालय, पाँचवटा क्षेत्रीय कार्यालय र तीन उपक्षेत्रीय कार्यालयसमेत नौवटा इकाइ खुला गर्न लागिएको राष्ट्रिय मानवअधिकार आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया