काठमाडौं, १५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभाको दोस्रो निर्वाचन माधवन अधिकार हननका घटनाका सम्बन्धमा अनुगमन गर्ने जनाएको छ ।
आयोगले आज (मंगलबार) विज्ञप्ति जारी गरेर चुनाव अवधि भरि अगुमन गर्न लागेको जनाएको हो । ‘निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचनपछि हुनसक्ने मानव अधिकार हननका घटनाहरूबारे अनुगमन गर्ने र्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन अनुगमन प्रयोजनका लागि आयोगको केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयका अधिकृतहरू आजैदेखि सम्बन्धित कार्यक्षेत्रमा खटिएका छन् ।
चुनाव नजिकिँदै गर्दा आयोगले मानव अधिकार उल्लंघन हुन सक्ने भन्दै अनुगमन गर्न थालेको हो ।
प्रतिक्रिया