ध्वस्त गाविस भवन नबन्दा कार्यालयको कामकाज झोलामा

bajuraबाजुरा, १५ असोज  ।  जिल्लाका अधिकांश गाविस कार्यालय सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्ष एमाओवादीले ध्वस्त भएको गाविस भवन पुनर्निर्माण हुन नसक्दा कार्यलयको कामकाज गर्नमा समस्या भएको छ ।

पराना ध्वस्त नयाँ निमार्ण भन्दै हिँडेका माओवादीले जिल्लाका २६  गाविसका कार्यालय  पूर्णरूपमा ध्वस्त गरेका थिए । जिल्लाका २७ गाविस कार्यालयमध्ये सदरमुकाम मार्तडी गाविस कार्यालय बाहेक अन्य सम्पूर्ण गाविस कार्यालयमा आगजनी गरी ध्वस्त पारेको स्थानीयवासी बताउँछन् । यता गाविसका कर्मचारीले भने कार्यलयको  सम्पूर्ण कामकाज झोलामा बोकेर गर्नु पर्ने बाध्यता भएको बताए ।
गाविस सचिवहरू सबको एउटै बाध्यता छ । ‘कसरी काम गर्ने भन्ने ?’ उनीहरू भन्छन् ‘आर्थिक कारोबार गर्नुपर्छ । बीचबाटोमै कसैले लुटेमा हाम्रो जागिर पनि जान्छ, इज्जत पनि । जनताहरू गाउँमा आएन्न भनेर गुनासो गर्छन् गाउँमा कार्यालय नै छैनन् ।’
जिल्लामा ध्वस्त पारेका गाविस कार्यालयमध्ये दुईवटा कार्यालय मात्र पुनर्निर्माण भए पनि अन्य कार्यालयबारे पनि पहल नभएको उनीहरूको गुनासो छ । गाविस कार्यालय ध्वस्त पारेपछि कार्यलयमा भएका सम्पूर्ण कागजपत्रसमेत जलाएर नस्टपारेपछि २०५७ सालअघिका कुनै पनि प्रमाणहरू गाविसमा नभेटिने हुँदा आफूलाई प्रमाण खोज्नसमेत समस्या हुने उनीहरूको गुनासो छ । सामान्य प्रमाणका लागि जिल्ला प्रशासन कार्यालय र जिविसमा धाउनु परेको जुगाडा गाविस सचिव अंगतबहादुर महतले दु:खेसो गरे । जिल्लाका जुकोट, साप्पाटा, वाई, विच्याँ, रूगिन, बाँधु, गात्री, कोटिला, कोल्टी, जगनाथ, पाण्डुसैन, छतार, तोली, बाह्रविस, कैलासमाडांै, कुल्देबमाडौं, आटिचौर, बह्रमतोला, गुदुखाती, जुगाडा, मानाकोट, दहकोट, काँडा, बुढीगँगा, डोगढीलगायतका २६ गाविस कार्यलय पूर्ण पमा ध्वस्त पारेपछि कुनै गाविसले भाडामा कामकाज सञ्चालन गरेका छन् भने कुनै गाविसको कामकाज झोलामा कागजपत्र बोकेर गर्नु पर्ने बाध्यता छ ।
ध्वस्त पारेकामध्ये जुकोट, बह््मतोला गाविस कार्यालय पुनर्निर्माण भए पनि अन्य गाविस कार्यालय  भने कुनै ठाउँबाट पुनर्निर्माणका लागि पहल नभएको  स्थानीयवासिन्दाले गुनासो गरेका छन् ।
स्थानीयले गाँउ परिषद्ले पुनर्निर्माणका लागि पटक–पटक माग गरे पनि सम्बन्धित निकायले कुनै पहल नगरेको जनताको गुनासो छ । जिल्लामा गाविस भवन नहुँदा कर्मचारी पनि गाउँ जान नमान्ने भएकाले जन्म मृत्यु दर्ता गर्नसमेत सदरमुकाम धाउनु परेको वाई गाविसका स्थानीय नरबहादुर बुढाले बताए ।
यता गाविस सचिव भने एकै जनाले तीन/चार गाविस समाल्नु परेको हुँदा आफूहरू प्रत्यक दिन गाउँमा जान नसकेको र गए पनि गाविस कार्यालाय नभएको ले कामकाज गर्न समस्या हुने गरेको स्वीकार छन् । माओवादीले भने आफ्नो पार्टी सरकारमा गए लगत्तै सम्पूर्ण कार्यलय निर्माण गरीदिने वाचा गरे पनि आजसम्म कुनै काम गरेका छैनन् । संविधानसभाको पहिलो चुनावमा बाजुरालाई स्वर्ग बनाउँछौ भन्दै भोट लिएका एमाओवादीले आफैँले भत्काएका भौतिक संरचनासमेत निर्माणका लागि कुनै पहल नगरेको भन्दै त्यहाँका स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया