एकजनाको मृत्यू/अर्का एकजना बेपत्ता

सिन्धुली, ९ असोज । सिन्धुलीमा मरिण खोलाले बगाउँदा एकजनाको मृत्यू भएको छ । अर्का एकजना बेपत्ता भएका छन् ।
खोलाले बगाउँदा आज (बुधबार) विहान कल्पबृक्ष–४ का नीरबहादुर महत्तराको मृत्यू भएको हो । कपिलाकोटको धमिले बजारबाट साहान जाने क्रममा करीव ५० वर्षीय महत्तराको मृत्यू भएको स्थानीयले दीपेन्द्र थापाले जानकारी दिए ।
महत्तरासँगै खोला तर्ने क्रममा अर्का एकव्यक्तिलाई पनि बगेका छन् । थापाका अनुसार बेपत्ता भएका व्यक्तिको नाम खुल्न सकेको छैन ।

प्रतिक्रिया