दाङमा माछामार्न खोज्दा युवकको मृत्यू

dangधादिङ, ६ असोज । धादिङको नौविसेमा ट्रकको ठक्करबाट रोल्पा घर भएका पैदल यात्रुको मृत्यू भएको छ ।
नौविसे–५ स्थित टायल घर नजिक आज (आइतबार) विहान सवा ६ बजे ट्रकले ठक्कर दिंदा रोल्पा जिल्ला शेर्पागाउं गविस वडा नम्वर दुई घर भएका २६ वर्षीय धनबहादुर पुन मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट काठमाडौंतर्फ आउंदै गरेको ना.३ ख ४२९७ नम्वरको ट्रकले ठक्कर दिंदा पैदल यात्री पुनलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओम समाज अस्पताल ढुङगेअड्डा लगिएकोमा उपचारकै क्रममा मृत्यू भएको हो ।
यता, माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा एक युवकको मृत्यू भएको छ । घोराही नगरपालिका–१ बस्ने १८ बर्षीय दीपक कुमाललाई शनिबार कुलोमा करेन्ट लगाएर माछामार्न खोज्दा मृत्यू भएको थियो ।
आफ्नै घर नजिकको कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागे पछि असक्त भएका थिए । उनलाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही लगिएकोमा उपचारकै क्रममा मृत्यू भएको थियो ।

प्रतिक्रिया