रेडपाण्डाको छालासहित पाँच जना पक्राउ

Red-Panda-Jajarkotकाठमाडौं, २३ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित पाँच जनालाई गिरफ्तार गरेको छ ।
पाँच जनाको समूहले रेडपाण्डा (हाब्रे) को छाला बिक्री गरिरहेको भन्ने सूचना पाउने बित्तिकै खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सामाखुसीबाट पक्राउ परेका उनीहरुसँग प्रहरीले रेडपाण्डाको ३ थान छाला पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी–९ बस्ने ३५ बर्षीय सिंह बहादुर तामाङ, धादिङ महादेवस्थान–८ बस्ने ३८ बर्षीय अकल बहादुर खम्वा, काभ्रे फलामेटार–८ बस्ने ४१ बर्षीय रामसुन्दर थापा, गोरखा बुङकोट–१ बस्ने ५४ बर्षीय मीनबहादुर थापा र नुवाकोट सुन्दारादेवी–२ बस्ने ६२ बर्षीय राधाकृष्ण पाण्डे रहेका छन् ।
उनीहरुलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला बन कार्यालय काठमाडौंमा बुझाइएको छ । दुर्लभ रेडपाण्डा अर्थात हाब्रे संरक्षित बन्यजन्तुमा पर्छ । (फाईल तस्विर)

प्रतिक्रिया