हवल्दार ठगुन्नालाई ब्यारेक भित्रै गोली प्रहार

Goli Prharकैलाली, २२ भदौ । कैलालीमा प्रहरी हवल्दार टेकसिंह ठगुन्नाले आफैले आफैलाई गोली प्रहार गरेका छन् ।
व्यारेक कोठा भित्र ठगुन्नाले आज (शनिबार) बिहान दुई बजे आफनै साथमा रहेको टाईप ५४ पेस्तोलले कन्चटमा १ राउण्ड गोली फायर गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यू भएको हो । आफैले आफैलाई गोली प्रहार गर्नुको कारण खुल्न सकेको छैन ।
हवल्दार ठगुन्ना इलाका प्रहरी कार्यालय चिसापानी दरवन्दी भई अस्थाई प्रहरी पोष्ट चुहा कैलालीमा कार्यरत थिए ।
प्रहरी हवल्दार ठगुन्नाको स्थायी घर बैतडी जिल्ला दशरथचन्द नगरपालिका–१३ मा पर्छ ।

प्रतिक्रिया