काठमाडौं, १३ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न दलहरुबाट प्रवेश गर्ने नेता तथा कार्यकर्ताको लहरले ‘नयाँ राष्ट्रिय एकता’ भईरहेको टिप्पणी गरेका छन् ।
पार्टी मुख्यलय कोटेश्वरमा आज (बिहीबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा दाहालले एमाओवादीका कारण ‘नयाँ राष्ट्रिय एकता’ भएको दाबी गरे ।
‘तराईदेखि हिमालसम्म, पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरसम्मका व्यक्तिहरुको प्रवेशले राष्ट्रिय एकताको संकेत गरेको छ,’ उनले भने, ‘नयाँ राष्ट्रिय एकताको नेतृत्व एमाओवादीले गर्दैछ ।’
उनले नयाँ राष्ट्र बनाउँने जिम्मा एमाओवादीको काँधमा आएको बताए । ‘एमाओवादीको सपना शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्नु हो,’ उनले भने ।
कार्यक्रममा एमाले गुल्मी जिल्लाका पुराना कम्युनिष्ट नेता पूर्णबहादुर राना, कञ्चनपुर जिल्लाका शिवसेना नेपालमा आवद्ध झण्डै २ सय नेता तथा कार्यकर्ता प्रवेश गरेको एमाओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया