रौतहट, ११ भदौ । रौतहट जिल्लामा सर्पको डसाईबाट एक बालिकाको मुत्यू भएको छ । सरुअठवा–९ बस्ने सान मोहम्मदकी १४ बर्षीया छोरी सवना खातुनको उपचारका क्रममा आज (मंगलबार) विहान जिल्ला अस्पताल गौरमा मृत्यू भएको प्रहरीले जनाएको छ ।
सर्पले डसे पछि परिवारजनले शुरुमै सावधानी अपनाउन नसक्दा सवनाको शरीर भरि नै विष फैलिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । सोही कारण उनको ज्यान गएको अस्पतालको भनाई छ ।
घरमै सुतिरहेका बेला सवनालाई सोमबार राति सर्पले डसेको थियो ।
यसैबीच, रौतहटकै चन्द्रनिगाहपुर–८ मा पुरुषको वेवारिसे शव फेला परेको छ । मोतीपुर नहरमा कुहिएको अवस्थामा करीव ३५ वर्षीय व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया