संविधान संविधानसभा बाटै : डा.यादव

rambaran yadav2काठमाडौं, २५ साउन । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट नयाँ संविधान बनाउनै पर्ने बताएका छन् ।
शीतल निवासमा आज (शुक्रबार) आयोजित ‘हेमबहादुर मल्ल सम्मान–२०६७’ कार्यक्रममा डा.यादवले निर्वाचन मार्फत नयाँ संविधान बनाउन नसके देश गम्भीर संकटमा फस्ने चेतावनी दिए ।
उनले २००७ साल देखिका सबै उपलब्धीको उचित ब्यवस्थापन हुन नसक्दा देश द्वन्द्वमा फसेको बताए । ‘२०६३ सालको उपलब्धी रक्षाका लागि निर्वाचन एकमात्र विकल्प हो,’ उनले भने ।
यसैवीच, राष्ट्रपति डा.यादवले २०६७ सालको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व सभामुख दमननाथ ढुंगानालाई प्रदान गरेका छन् । सम्मानको राशी दुई लाख रुपियाँ छ ।

प्रतिक्रिया