एन्जेलीनालाई प्रेमीले ‘प्लेन’ उपहार दिने

Angelina-Jolie 1लस एन्जलस । अभिनेता ब्रान्ड पिटर र अभिनेत्री एन्जेलीना जोलीको प्रेम प्रसँगले बेलाबेला हलिउडमा खुबै चर्चा पाउने गरेको छ । हलिउडमा मात्र हैन यी दुबैको प्रेमको चर्चा विश्वमा फैलिएको छ ।
अगाध प्रेम हुँदाहुँदै पनि यी जोडी समय अभावका कारण एकअर्काको साथमा रहन सकेका छैनन् । दुबै आ–आफ्नो काममा ब्यस्त भएका कारण एकअर्काको साथमा रहन नपाएका हुन् ।
जोली अहिले आफैले निर्देशन गरेको चलचित्र ‘अनब्रेकन’मा ब्यास्त छिन् । पिटर पनि अन्य काममा व्यस्त छन् ।
त्यसैले प्रेमी–प्रमीका लामो समयसम्म भेट नहुने गरेका छन् । आउने दिनमा उनीहरुले भेट बाक्लो बनाउन एउटा जुक्ति निकालेका छन् । जसका लागि पिटरले निजी प्लेन किनेर प्रेमिका जोलीलाई उपहार दिने भएका छन् । फुर्सद हुना साथ जोली उक्त प्लेनको यात्राबाट आफूलाई भेट्न आउने छिन् पिटरले अनुमान गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जोलीसँग प्लेन उडाउने पाइलटको लाइसेन्स पनि छ । त्यसैले पनि पिटरले उनलाई प्लेन उपहार दिन लागेका हुन् । प्लेनको माध्यमबाट आफ्नो प्रेमीका जोलीसँग छिटो–छटो भेट हुने पिटरले बताउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया