अध्यादेशबाट २०७०/७१ को बजेट आउँदै

Budget 4 kharba 39 arbaकाठमाडौं, ३० असार । सरकारले आगामी आर्थिक बर्ष २०७०/७१ का लागि नयाँ बजेट ल्याउँदैछ ।
सिंहदरबारमा पौनेसात बजे बेलुका अर्थमन्त्री शंकर कोइरालाले आगामी आर्थिक बर्षको आय व्ययको विवरणसहितको बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।
अध्यादेशबाट जारी हुने बजेटको आकार बृद्धि हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति डा.रामवरण यादवले अध्यादेशबाट बजेट स्वीकृत गरे लगत्तै अर्थमन्त्री कोइरालाले विशेष कार्यक्रम गरी सार्वजनिक गर्ने छन् ।
बजेटमा मंसिर–४ गते हुने संविधानसभा निर्वाचनका लागि समेत रकम विनियोजन हुने छ ।
आज आउन लागेको बजेटले राष्ट्र सेवक कर्मचारीको तलवमा बृद्धि गर्ने स्रोतले जनाएको छ । तीनबर्षदेखि कर्मचारको तलव बृद्धि भएको छैन । सरकारले १५ देखि २० प्रतिशत् सम्म तलव बृद्धिको तयारी गरेको छ ।
यस पटक पनि तलव बृद्धि नभए आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया