काठमाडौं, २८ असार । अर्थविद् डा.विश्वम्भर प्याकुरेलले आगामी बजेटले नेपाली जनतालाई राहत भन्दा पनि आहत दिने बताएका छन् ।
काठमाडौंमा आज (शुक्रवार) आयोजित कार्यक्रममा प्याकुरेलले सरकार आफै पूर्ण बजेट ल्याउन स्वतन्त्र नभएको बताए । ‘यस्तो अवस्थामा सरकारले ल्याउने बजेटले अर्थतन्त्रको सुधारमा लछारपाटो लगाउन सक्दैन,’ उनले भने ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले नीति तथा कार्यक्रम सहितको पूर्ण बजेट आउनु पर्ने माग गरे । ‘नीति तथा कार्यक्रमसहितको बजेट नआए निजी क्षेत्र सडक आन्दोलनमा उत्रिन्छ,’ उनले भने ।
अर्थविद् डा.मदन दाहालले बजेटले मूल्य बृद्धि गराउने दावी गरे । उनले सरकारले बजार हस्तक्षेपका उपायहरु कालाबजारी विरुद्ध छापामारी अभियान, सुपथ मूल्यका पसल सञ्चालन गरेर त्यसलाई नियन्त्रण गर्नु पर्ने सुझाव दिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आगामी बजेटले कृषिमा विशेष जोड दिनु पर्ने बताए । ‘कृषिमा जोड नदिने हो भने लक्षित आर्थिक बृद्धि दर हासिल गर्न सकिँदैन,’ उनले भने ।
प्रतिक्रिया