चीन र भारतलाई बराबर महत्व दिएका छौं

CP Gajurelकाठमाडौं, २८ असार । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले हालै गरिएको उच्चस्तरीय चीन भ्रमण आफूहरुको योजनामा भएको बताएका छन् ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा उपाध्यक्ष गजुरेलले अध्यक्ष मोहन बैद्यको चीन भ्रमणलाई अन्यथा नलिन आग्रह गरे । ‘हामीले पार्टी पुनर्गठन गरेपछि पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा गएका हौं,’ उनले भने, ‘यसपटक हाम्रो पार्टीको योजनामा दुवै कम्युनष्टी पार्टीबीच चीनमा बैठक बसेको छ ।’
उनले असार–२५ र २६ गते चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र उपराष्ट्रपतिसँग अर्को दिन छलफल भएको बताए ।
‘चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वले चुनावमा जाने, बहिष्कार गर्ने, कहिले गर्ने/नगर्ने तपाईहरुको आन्तरिक मामला हो यसमा हामी केही भन्दौनौं भनेका छन्,’ उनले भने ।
उपाध्यक्ष गजुरेलले आफूहरुले चीन र भारतलाई बराबर महत्व दिएको बताए । ‘चीनलाई मात्रै महत्व दिएका छैनौं,’ उनले भने, ‘भारतले नै नचाहेकाले छलफल र संवाद नभएको हो ।’

प्रतिक्रिया