मर्यादा भूलेका पूर्वप्रधानमन्त्रीहरु

छिमेकीको सम्मान गर्नु पर्छ । तर सम्मान गर्दा आफ्नो सबै अंग देखिने गरेर सम्मान पनि गर्नु हुँदैन । यो सबैले बुझ्न जरुरी छ ।
व्यस्त कार्यतालिकासाहित मंगलबार काठमाडौं आएका भारतीय विदेशमन्त्री सलमान खुर्सिदले राष्ट्रपति, अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष र अन्य विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटे । खुर्सिदले उनीहरुलाई भेट गर्नु पनि स्वभाविक हो । र सबैले भेट गर्नु पर्छ ।
खुर्सिदले आफ्नो मर्यादा अनुसार राष्ट्रपति र अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष एवं नेपाली समकक्षीलाई सम्बन्धित ठाउँमा भेट । तर उनले पूर्व प्रधानमन्त्रीहरुलाई भने आफू बस्ने होटेलमा बोलाएर भेटेका छन् ।
हाम्रा लागि यो अत्यन्तै गम्भीर र सोंचानीय विषय छ । मर्यादा क्रममा माथि रहने पूर्वप्रधानमन्त्रीहरु भारतको पाँचौ वरीयतामा रहेका विदेशमन्त्रीलाई लावालस्कर लागेर भेट गर्न हुन्छकी हुँदैन भनेर । भेट्नै नहुने होइन । भेटका लागि पनि शिष्टाचार हुन्छ । नियम र परिधि हुन्छन् ।
हाम्रा पूर्वप्रधानमन्त्रीहरुले आफ्नो मर्यादालाई भूलेर जसरी होटलमा गएर भारतीय विदेशमन्त्री खुर्सिदलाई भेटे यसले नेपाली राजनीतिको मानसिकलाईलाई देखाएको छ । यो अत्यन्र्त दर्दनाक छ ।
कतिपय पूर्व प्रधानमन्त्रीले विदेश नीति नभएकाले हामीले भारतीय विदेशमन्त्री खुर्सिदलाई होटेलमै गएर भेट्नु परेको भन्ने तल्लोस्तरको जवाफ दिएका छन् । यो जायज जवाफ उचित छैन ।
यदि आफ्नो ओहदा, सम्मान र मानमर्दनको ख्याल गर्न सकिँदैन भने उनीहरुलाई नेपाली जनताले कसरी विश्वास गर्ने ? एउटा भारतीय विदेशमन्त्रीलाई भेट्कै लागि हाम्रा पूर्वप्रधानमन्त्रीहरुलाई तछाडमछाड गर्नुपर्ने आवश्यक्ता थिएन ।

प्रतिक्रिया