‘नेपाली माटो सुहाउँदो राजनीति गर्नु पर्छ’

Gyanendra-Shahaकाठमाडौं, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ६७ औं जन्मदिन विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा आज (आइतबार) उनले शुभेच्छुक तथा सर्वसाधारणसँग भेट गरेर जन्म दिन मनाएका हुन् । उनलाई शुभकामना दिन जाने सर्वसाधारणको निर्मल निवासमा उल्लेख्य भिड समेत लागेको थियो ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले पनि निषेध र सर्तको राजनीति गर्न नहुने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्रले निषेध र सर्तको राजनीति नगर्नु नै वास्तविक प्रजातान्त्रिक ब्यवस्था भएको बताए ।
‘नेपाल र नेपाली भूमिको सबैले कदर गर्नुपर्छ,’ उनले भने, ‘नेपाल र नेपालीलाई सुहाउँदो राजनीति गर्न राजनीतिक दलका नेताले बुझ्नु पर्छ ।’
यसैबीच, पूर्वराजा ज्ञानेन्द्रले बाढी पहिरो पीडितलाई राहत हिमानी ट्रष्टमार्फत २५ लाख रुपियाँ राहत सहयोग गरेका छन् ।

प्रतिक्रिया