′चुनाव हुन्छ, ढुक्क हुनुस्′

sher deubaकाठमाडौं, १५ असार । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले तोकिएको समयमै निर्वाचन हुने दावी गरेका छन् ।
दाङ काठमाडौं प्रजातान्त्रिक समाजले आयोजना गरेको कार्यक्रममा बरिष्ठ नेता देउवाले केही दलहरुको विरोधकै कारण निर्वाचन स्थगन नहुने दावी गरे । उनले भने, ‘निर्वाचन हुन्छ, तपाईहरु ढुक्क हुनुस् । अहिले देखि नै चुनावी अभियानमा लाग्नुस् ।’ सडक आन्दोलनमा रहेका दलहरुलाई पनि निर्वाचनमा सहभागि गराउन छलफल चलिरहेकाले निर्वाचनप्रति आशंका नगर्न कार्यकर्तालाई निर्देशन दिए ।
अघिल्लो निर्वाचन पनि अन्यौलता र आशंकाकाबीच नै सम्पन्न भएको स्मरण गराउँदै उनले अहिले पनि केही दलहरु निर्वाचन हुनै नसक्ने भन्दै प्रचार गर्दै हिडेको उल्लेख गरे ।
पार्र्टीभित्रको विबाद मिलाएर अगाढि बढ्न आफु तयार रहेको नेता देउवाले उल्लेख गरे । उनले भने, ‘कसैलाई अन्याय हुनुहुदैन । म पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान तयार छु ।’

प्रतिक्रिया