हात्तीको आक्रमणले मधुमायाको मृत्यु

hattiसर्लाही, १५ असार । सर्लाहीमा हात्तीको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । सर्लाहीको लालबन्दी ४ चन्द्रनगरमा शुक्रबार साँझ हात्तीको आक्रमणले ४५ बर्षीया मधुमाया योञ्जनको मृत्यु भएको हो । साँझ घाँस काटेर फर्किदै गर्दा उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चन्द्रनगरमै हात्तीले एक स्थानीयको घर तोडफोड गरी चामल खाईदिएको छ । शुक्रबा बिहान हात्ती गाउँमा देखिएपछि प्रहरी र शसस्त्र प्रहरीले लखेटे पनि साँझ फेरी आएको हात्तीले आतंक मच्चाएको हो । हात्ती गाउँनजिकै जंगलमा रहेकोले स्थानीयहरु त्रसित भएका छन् । तराईका विभिन्न ठाँउमा सधैंजसो हात्तीले दुख दिदै आएको छ । हात्तीकै आक्रमणले दर्जनौं व्यक्तिको ज्यान गईसकेको छ भने घरटहरा भत्काउनुका साथै बालीनाली समेत नष्ट गरिदिने गरेको छ ।

प्रतिक्रिया