७९ नेपालीविरुद्ध रेडकर्नर नोटिस

काठमाडौं, १५ असार । ७९ जना नेपाली नागरिकविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एनसिबी काठमाडौंबाट ११, एनसिबी नयाँ दिल्लीबाट २५, एनसिबी वासिंटनबाट चार, एनसिबी बेलारुसबाट एक, एनसिबी अबुदाबीबाट १३, एनसिवी रोमबाट एक, एनसिबी दोहाबाट २०, एनसिबी रियादबाट तीन र एनसिबी बहराइनबाट एकविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी भएको छ । एनसिवी काठमाडौंबाट विदेशीहरूलाई जारी भएको ‘रेडकर्नर नोटिस’मा अमेरिकी नागरिक इयान बाकर र भारतीय नागरिक राहुल हल्दिया रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले बताए ।

प्रवक्ता सिलवालले इन्टरपोलले मानव बेचबिखनसम्बन्धी घटनाहरू रोक्न विभिन्न अप्रेशनहरू सञ्चालन गरेकामा सन् २०१० मा अफ्रिकी राष्ट्र ग्याबोनमा सञ्चालित अप्रेशन बानाअन्र्तगत १ सय ४० जना बालबालिका मुक्त गरिएको, सन् २०११ धानामा सञ्चालित अप्रेशन बिया ११ अन्तर्गत पाँचदेखि १७ वर्षसम्मका १ सय १६ बालबालिका र सन् २०१२ ब्रुकिनाफासोमा सञ्चालित अप्रेसन टोयअन्र्तगत चार सय जना बालबालिकालाई मुक्त गरिएको बताए । विभिन्न देशमा काममा लगाई दिने प्रलोभन देखाई टर्कीमा नौ जना नेपालीहरू बन्धक बनाइएकामा नेपाल प्रहरीले इन्टरपोल एनसिबी अर्नाकसँग समन्वय गरी अपहरणमुक्त गराएको र हाल निजहरू भिसासम्बन्धी समस्याले टर्की प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । प्रवक्ता सिलवालले नेपालबाट १०औँ सताब्दीमा हराएको हस्तलिखित ग्रन्थहरू नेपाल प्रहरीले इन्टरपोलमार्फत अमेरिकास्थित च्यारिटिज हाउसमा लिलामीमा राखिएको अवस्थामा फेला पारी फिर्ता गराउने प्रक्रियामा रहेको बताए ।

प्रतिक्रिया