षड्यन्त्र सफल हुँदैन : कोइराला

Sushil Koirala 3बर्दिवास, ४ असार । कांग्रेस सभापति सुशील कोइरालाले संक्रमणकालको फाइदा उठाएर केही शक्ति चुनाव भाँड्ने खेलमा लागेका भए पनि उनीहरूको षड्यन्त्र सफल नहुने बताएका छन् ।

महोत्तरीको बर्दिवासमा सोमबार कार्यकर्तासँगको भेटमा सभापति कोइरालाले चुनाव लोकतन्त्रको मेरुदण्ड रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् । कोइरालाले मुख्य चार दल चुनावमा सबै दलको सहभागिताका लागि लचकता अपनाउन तयार रहेको उल्लेख गर्दै आन्दोलनरत दललाई वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे ।
उनले लोकतन्त्र संस्थागत गर्न, संविधान बनाउन र राज्यको जिम्मा जननिर्वाचित प्रतिनिधिमा ल्याउन चुनावको विकल्प नरहेको धारणा व्यक्त गरे । उनले संविधानसभा चुनावको तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।

प्रतिक्रिया