सुपारी तस्करद्वारा प्रहरी माथि आक्रमण

supariझापा, २ असार । झापा जिल्लामा सुपारी तस्करहरुले प्रहरी टोलीलाई आक्रमण गरेका छन् । तस्करहरुको आक्रमणबाट प्रहरीको बा १ झ ७४४९ नम्वरको गाडीमा क्षतिपुगेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेची नगरपालिका–१० बाट शनिबार राति अवैध सुपारी ५ सय किलो बरामद गरेको प्रहरीले जनाएको छ ।
७/८ जनाले अवैध रुपमा सुपारी भारततर्फ लैजादै गरेको सूचना पाए लगत्तै प्रहरी सो स्थानमा पुगेको थियो । प्रहरीलाई देख्ना साथ तस्करहरुले ढुङगामुडाले आक्रमण गरेका थिए ।

प्रतिक्रिया