एमाले छाडेको जानकारी एमाओवादीद्वारा

mao officeकाठमाडौं, २९ जेठ । एमालेको सांस्कृतिक विभागका केन्द्रीय सदस्य रमेश रञ्जन झाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
पदबाट राजीनामा दिएका झा एमाओवादीमा प्रवेश गरेको जनाएका छन् । उनले आफ्नो राजीनामा सांस्कृतिक विभागका ईन्चार्जलाई सम्बोधन गरेर बुझाएका छन् ।
धनुषा जिल्ला देउरी परवाहा–२ का झाले एमालेको नीतिप्रति असन्तुष्टी जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।
झाको राजीनामा पत्र एमाओवादीले आज (बुधबार) आफ्नो वेवसाईटमा राखेको छ ।
यस अघि, पोलिट ब्यूरो सदस्य रामचन्द्र झा र उर्मिला अर्यालले एमाले छाडेर एमाओवादीमा प्रवेश गरे लगत्तै सांस्कृतिक विभागका सदस्य झाले पनि पार्टी छाडेका हुन् ।

प्रतिक्रिया