राजविराज, २९ जेठ । धार्मिक भ्रमणका लागि सप्तरी आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार राजविराजको प्रशिद्ध शक्तिपिठ राजदेवी मन्दिर, शम्भुनाथस्थित शम्भुनाथ मन्दिरको दर्शन गरेका छन् । राजविराजस्थित स्टार डिलक्स होटलबाट बिहान १० : ३० बजे निस्किएका शाह राजदेवी मन्दिर पुगेका थिए । राजदेवी भगवतीको दर्शनका क्रममा शाहलाई स्थानीयको ठूलो समूहले स्वागत तथा अभिन्नदन गरेको थियो । उच्चसुरक्षाका बीच मन्दिर पुगेका शाहले करिब १० मिनेट पूजापाठमा बिताए । यस लगत्तै शाह सदरमुकाम राजविराजबाट करिब १५ किलोमिटर पश्चिममा रहेको शम्भुनाथस्थित शम्भुनाथ मन्दिरको दर्शनका लागि निस्किएका थिए । शम्भुनाथ मन्दिरको दर्शनपछि शाह ना ४ च ३८०७ नम्बरको गाडीमा सिरहाको लहान पुगे । शाहले लहानको गोधुली डिलक्स होटलमा विश्राम गरी दिउँसो जिल्लाका विभिन्न मन्दिरको दर्शन गरेका थिए ।
सोमबार बिहान ११ बजे सप्तरी सदरमुकाम राजविराज आइपुगेका साहले त्यसै दिन भारदहस्थित कंकालिनी मन्दिर तथा हनुमाननगरस्थित हुनुमान मन्दिरको दर्शन गरका थिए । यस क्रममा उनले कंकालिनी मन्दिरलाई दुई तथा हनुमानमानमन्दिरलाई एक लाख रुपियाँ सहयोग गरे । संयुक्त विद्यार्थी संगठनको विरोध छिचोल्दै सप्तरी आइपुगेका पूर्वराजा शाहले शिवसेना र प्रहरीको कडा सुरक्षाबीच दुई दिनसम्म राजविराजमा बिताए । यसैक्रममा सप्तरीका सर्वसाधारणले उनको भव्य स्वागत तथा अभिनन्दन गरेका थिए । मन्दिर दर्शनका क्रममा उनलाई सडकमै रोकेर सर्वसाधारणले फूलका गुच्छा दिँदै गुनासा सुनाएका थिए ।
राजविराजबाट सिरहा
सिरहा, २८ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले जिल्ला दौडाहाको क्रममाआज सिरहाको लहान आएर विभिन्न तीर्थस्थल भ्रमण गर्नुको साथै शुभचिन्तकहरूसँग भेटघाट गरेका छन् । शाहआउने बित्तिकै स्थानीयवासीले उनलाई भव्य स्वागत गरेका थिए । कडा सुरक्षाको घेराभित्र रहेर शाहले लहानको दुर्गा मन्दिरमा पूजाआजा गरी लहानदेखि १० किलोमिटर उत्तरमा रहेको ढोढना गाविसमा अवस्थित राजदेवी मन्दिर गएर पूजाअर्चना थिए । उहाँले पूजाअर्चना गरेको दुवै मन्दिरमा एक एक लाख सहयोगसमेत गरेका छन् ।
करिब २ बजे सिरहा प्रवेश गरेका शाहलाई शुभचिन्तकले राजाआउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दाप्यारो छ, २०४७ को संविधान बहाली गर जस्ता नारा लगाएका थिए । पूर्वराजा सिरहा आउने जानकारीसँगै संयुक्त विद्यार्थी संगठनले लहानमा निर्माण गरिएका स्वागतद्धारलाई हिजो भत्काएका थिए ।
प्रतिक्रिया