मच्छिन्द्रलाई पछार्दै मनाङ सेमीमा

shiva-shresthaकाठमाडौं, २५ जेठ । वर्षाका कारण हिलाम्य बनेको दशरथ रंगशालामा शुक्रवार मछिन्द्रलाई २–० ले पराजित गर्दै गोर्खा कप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । मैदानको अधिकांश भाग निकै अस्तव्यस्त देखिए पनि मिडफिल्डर तथा राष्ट्रिय टोलीका पुर्व सदस्य शिव श्रेष्डले मनाङका लागी दुवै गोल गरे ।

आक्रामक सुरुवात गरेको मछिन्द्रविरुद्ध १४औ मिनेटमा गोल गर्दै शिवले पुर्व उपविजेता मनाङलाई अग्रता दिलाएका थिए । सुजल श्रेष्ठले करिब ३० यार्ड टाढाबाट गरेको फ्रिकिकमा शिवले सिक्स यार्ड सर्कलबाट हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफमा निकै सुधारिएको प्रर्दशन गरेको मनाङका लागी स्ट्राइकर अनिल गुरुंगले गोललाइन नजिकैबाट खाली पोष्टमा गर्न नसके पनि मध्यान्ह लगत्तै शिवले गोल थप्दै मछिन्द्रविरुद्ध थप दबाव वढाएका थिए । डि बक्सको इनसाइड एजबाट अनिलले दिएको पासमा शिवले ४९ औ मिनेटमा फस्ट बारमा आकर्षक गोल गरेका थिए ।
यस अघि पानीले मैदान दबदव भएपनि खेल सुरु गरिएको थियो । खेल सुरु भएको केही मिनेट लगत्तै मैदान हिलाम्य मात्र भएन खेलाडीहरु वारम्बार चिप्लीए भने बल राम्रोसग गुड्न सकेको थिएन । तर यसका विच पनि कप्तान कर्ण लिम्बु र विशाल राईको फर्वाढ जोडीले सुरुवातमा मनाङलाई लगातार ‘थ्रिटेन’ दिएको थियो । तर खेलमा पछि परेसगै मछिन्द्र केही सुस्ताएको थियो । दोस्रो हाफमा उसको गती थप कम भएको थियो । १–० ले पछि परेको केही समयमै कर्णले दुइ खेलाडीलाई कटाउदै डिबक्सभित्रबाट फस्ट बारमा राम्रो प्रहार गरेपनि मनाङका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै क्लियर गरेका थिए । दोस्रो हाफमा कर्णकै प्रहार गोलकिपर विशालले उत्कृष्ट बचाउ गरेपछि खेलमा फर्कने मछिन्द्रको प्रयाश खेर गएको थियो । यता अनिलको सुन्दर क्रसमा सुजल श्रेष्ठ ‘मिस’हुदा मनाङ पहिलो हाफमै २–० बाट अगाडी वढ्न चुक्यो । समग्रमा राम्रो प्रर्दशन गरेका अनिलले योना किपर समेत बिट हुदै आएको योना एलियासको क्रसमा खाली पोष्टमा गोल गर्न नसकेको घटना भने निकै हास उठ्दो रह्यो । गत सिजन मछिन्द्रबाट खेलेका दिपक राईले आफ्नो पछिल्लो क्लबविरुद्ध राम्रो प्रर्दशन गरे । उनीसगै मछिन्द्रबाट आएका डिफेण्डर विक्रम लिम्बु र मिडफिल्डर विशाल राईको प्रर्दशन पनि प्रभावशाली रह्यो ।
मनाङले सेमिफाइनलमा जावलाखेल र थ्रिस्टारविच हुने खेलको विजेतासग प्रतिस्पर्धा गर्ने छ । शनिवार हुने अर्को क्वार्टरफाइनलामा विभागिय टोली नेपाल पुलिस र नेपाल आर्मी भिड्नेछन ।

 

प्रतिक्रिया