चट्याङले एकको मृत्यु, श्रीमान श्रीमति घाईते

chatyangउदयपुर,२२ जेठ । चट्याङ लागेर उदयपुरको सिद्धिपुर गाविस ७ मा आज एक युवतीको ज्यान गएको छ । मुसलधारे पानीसंगै परेको चट्याङ लागेर स्थानीय २५ वर्षीया बुद्धिमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक किरण गुरुङले जानकारी दिए । घटनापछि प्रहरी टोली त्यस तर्फ गएकोले विस्तृत विरण आउन बाँकी रहेको उनले बताए ।
यस्तै चट्याङ लागेर त्रियुगा नगरपालिका ५ बेहडवाका २८ वर्षीय दिनेश चौधरी र उनकी श्रीमती प्रभा गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उदयपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया