राजविराज, २१ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणका लागि जेठ अन्तिम साता सप्तरी आउने भएका छन् ।
सम्वाद सचिव डा.फणिराज पाठकले आज (मंगलवार) राजविराजमा पत्रकार सम्मेलन गरेर पूर्व राजा शाह जेठ–२७ गते सप्तरी आउने लागेको जानकारी दिए । पूर्व राजा शाह धार्मिक उदेश्यका साथ आउन लागेका हुन् ।
उनले भारदहस्थित कंकालनी मन्दिर, हनुमाननगरको हनुमान मन्दिर, छिन्नमस्ताको छिन्नमस्ता भगवती मन्दिर, राजविराजको राजदेवी मन्दिरमा पुजा गर्ने कार्यक्रम छ । पूर्व राजा शाहले स्थानीयसँग पनि भेटघाट गर्ने छन् ।
प्रतिक्रिया