थारु मुद्दा ओझेल परेको गुनासो

देउखुरी, १६ जेठ । थारु अगुवा राज्यको नेतृत्व तह सम्म पुगे पनि दलगत स्वार्थका कारण समुदायका मुद्दामा ओझेलमा परेको बुधबार सिसहनीयामा आयोजित एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । सदगौवा थारू समाज संघ देउखुरीको आठौँ साधारणसभा तथा महाधिवेशन उदघाटन अवसरमा बोल्ने वक्ताहरूले पश्चिमा संस्कृतिको प्रभाव थारू संस्कृतिमा परेको भन्दै मौलिक संस्कृतिको जगेर्नामा लाग्न युवा वर्गलाई आग्रह गरिएको छ । संघका अध्यक्ष खड्गबहादुर चौधरीको अध्यक्षता एवं थारू कल्याण कारिणी सभाका क्षेत्रीय अध्यक्ष हिरालाल चौधरीको प्रमुखआतिथ्यमा भएको उद्घाटन कार्यक्रममा संघका सचिव रामप्रसाद चौधरीले प्रगती र कोषाध्यक्ष भिमलाल चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा सल्लाहकार कान्तप्रसाद चौधरी, कमलनारायण चौधरी, वामदेव सदगौवा, झवेन्द्रप्रसाद सतगौवा, महिला समाज सेवी गंगा थारू, वुद्धिजिवी सालिकराम सदगौवा, सञ्चारकर्मी ओमप्रकाश गुप्ता लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया