क्रेजी आइसा

आइसा ठकुरीलाई मोडलिङको नशाले छपक्कै छोपेको छ । यसैमा करियर बनाएर र्‍याम्प अनि चलचित्रहरूमा सशक्त परिचय स्थापना गर्नु उनको लक्ष्य हो । ‘मन पर्ने कथा पाए सेक्सुअल चलचित्रमा पनि अभिनय गर्छु’ -यतिसम्म क्रेजी छिन् उनी लक्ष्यप्राप्तिको मार्गमा । यी कलिली सुन्दरीको बुझाइमा सेक्स सम्बन्ध भनेकोचाहिँ परम्परादेखि चल्दै आएको शारीरिक क्रियाकलाप हो । यो परम्परामा उनी पनि प्रवेश गरिसकेकी छन् त ? ‘अहँ, अहिलेसम्म मलाई यसको अनुभव छैन’, उनी भन्छिन्- ‘तर, मलाई आफू निकै सेक्सी छु जस्तोचाहिँ लाग्छ है ।’ विवाहपूर्वको सेक्सलाई असहज मान्छिन् उनी तर मोडलिङ क्षेत्रमा अनेकौं शोषण हुने गरेको हल्लाबीच उनको बुझाइचाहिँ कस्तो छ त ? भन्छिन्- ‘त्यो आफैँमा भर पर्ने विषय हो ।’
आइसा आफूलाई मिलनसार स्वभावकी बताउँछिन् । फुर्सदको समय साथीभाइसँग भेटघाटमा रमाउने उनी नयाँनयाँ ठाउँ घुम्न पाउँदा प्रफुल्ल हुन्छिन् । नयाँनयाँ साथी बनाउनु उनको रुचि हो । ग्ल्यारस क्षेत्रको यो यात्रामा उनले केही चलचित्रमा अभिनय पनि गरिसकेकी छिन् । यो क्ष्ाेत्रप्रतिको उनको आकर्षण बाल्यकालदेखिकै रहेछ । अहिले त्यही आकर्षणलाई लक्ष्यमा पुर्‍याउन समर्पित छिन् ।
मोडलिङ क्षेत्रमा लाग्न घरपरिवारले पूरै सहयोग गरेको छ रे । भन्छिन्, ‘त्यसमा पनि ममीको विशेष सहयोग छ ।’ सुन्दर शारीरिक बान्कीकी उनी आफ्नो सुन्दरतालाई थप सजाउन चाहन्छिन् । त्यसका लागि शरीर सुहाउँदो पहिरन नै उनको छनोटमा पर्छन् । ‘वानपिस कपडामा त मेरो सौन्दर्य झनै खुल्छ रे,’ साथीहरूले प्रशंसा गरेको सम्भिइन् उनले ।

प्रतिक्रिया