जासुस करिना

चर्चाको शिखरमा पुगेकी बलिउड अभिनेत्री फिल्मी क्षेत्रका अन्य स्थापित कलाकारबारे के सोच्छिन् होलिन् ? एक छिनका लागि उनलाई जासुस बनाइयो भने अरु कलाकारका कुन कुरा पत्ता लगाउन उनी लागिपर्छिन् होलिन् ? यसै विषयमा भारतको एउटा पत्रिकाले करिनासँग ठट्यौली कुराकानी गरेको थियो । हेरौँ, कस्तो जवाफ दिइन् करिनाले:

शाहरुख खानः उहाँको उत्साह र शक्तिको स्रोत के हो ? पत्ता लगाउन चाहन्छु । उनी शक्तिवर्द्धक ‘इन्जेक्सन’ लिन्छन् कि अरु नै केही ? थाहा पाउने इच्छा छ ।

आमिर खानः उहाँको घरमा क्यामेरा जडान गरेर जासुसी गर्ने मन छ, म त्यो हदसम्म उहाँबारे जान्न व्यग्र छु ।

पि्रयंका चोपडाः बलिउडमा उनी सबैभन्दा खतरा जासुस हुन सक्छिन्जस्तो मलाई लाग्छ । उनले जासुसी गर्ने केही ‘टिप्स’ मलाई दिए हुन्थ्यो !

सलमान खानः पार्टीमा, फिल्म छायांकनमा र बाँकी काममा सबैतिर उहाँ हाजिर हुनुहुन्छ । उहाँ सुत्ने फुर्सद कसरी मिलाउनुहुन्छ ? यो जान्ने इच्छा छ ।

क्याटि्रना क्याफः उनीबारे खै के जान्ने इच्छा होला र मलाई ! त्यस्तो केही पनि छैन । मलाई क्याटि्रनाको जासुसी गर्ने मन छैन ।

काजोल  -हाँस्दै) उहाँका बारेमा म धेरै कुरा जान्छु । उहाँबारे अलिक कम जान्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

प्रतिक्रिया