खनाललाई पनि चीनको निम्तो

JNकाठमाडौं : उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व सम्हालेकै दिन एमाले अध्यक्ष झलनाथ खनाललाई छिमेकी राष्ट्र चीनले भ्रमणको निम्तो दिएको छ ।
चिनियाँ राजदूत उ चुन्ताईले बुधबार खनालसँग भेट गरी आगामी जुन दोस्रो साता भ्रमणका लागि निम्तो दिएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका तर्फबाट चुन्ताईले निम्तोपत्र दिएको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले बताए ।
निम्तो पाएपछि अध्यक्ष खनालले आफू उपयुक्त समय मिलाई भ्रमणमा जाने बताएका छन् । राजदूत चुन्ताई खनालको निवास डल्लुमा पुगेर निम्तो दिएका हुन् । भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, संविधानसभा चुनावको तयारीलगायत विषयमा छलफलसमेत भएको थियो ।

प्रतिक्रिया