लाखौंको काठ बरामद

रौतहट १३ वैशाख । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले अवैध रुपमा निकासी गर्दै गरेको साल काठको १८ वटा गोलियासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
ज १ त १८३५ नम्बरको ट्याक्टरमा सन्तपुर मटिऔना गाविसको बेतौना टोलबाट झण्डै साठी क्यूफिट अवैध काठ बोकेर संग्रामपुर गाविसको सुन्दरपुरतर्फ जाँदै गरेको अवस्थामा आज सशस्त्र प्रहरी बेस क्याम्प समनपुरले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक प्रेम राज पोखरेलले जनाएका छन ।
अवैध काठसहित पक्राउ परेका ट्रयाक्टर चालक विश्रामपुर ८ का दशरथ साहलाई जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरको जिम्मा लगाइएको छ । ठूलो मात्रामा काठ पक्राउ परेपछि रौतहटमा काठ तस्करी फेरी बढेको प्रमाणित भएको छ । बिना ईजाजत काठ एक ठाँउ बाट अर्को ठाँउमा लान नपाउने प्रष्ट व्यस्था भए पनि राष्ट्रिय तथा सामुदायीक वनका काठहरु ओसार पसार भइरहेको छ ।
“हामीले अहिले काठ एक ठाँउ बाट अर्को ठाँउमा लान बन्देज लगाएका छौं । कसैले यसरी लान खोजे अवैध हुन्छ ।” सहायक वन अधिकृत विष्णु कान्त मिश्रले भने “पटक पटक सर्लाहीका तस्करहरुले रौतहटको वनमा क्षति पु¥याउदै काठ लान खोज्छन ।” संगठित काठ तस्करहरुका कारण रौतहटको पूर्वी वन क्षेत्रमा भिडन्त पनि हुने गरेको छ । वन रक्षक समूह र काठ तस्कर बीच पछिल्लो समय गत फागुनमा पनि भिडन्त भएको थियो ।

प्रतिक्रिया