काठमाडौं । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका–६ र ७ को सीमानामा रहेको साँदनी खोलाको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आज बुधबार बाढीका कारण उक्त खोलाको टापुमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धार गरिएकाहरुमा सोही नगरपालिका– ६ बस्ने १२ वर्षीया रितु भारती र २५ वर्षीया भुवनेश्वरी सिंह रहेका छन् ।
उनीहरु आज दिउँसो बाख्रा चराउन गएको बेला अविरल वर्षाको कारण उक्त खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच टापूमा फसेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तातोपानी र साँदनीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया