राष्ट्रपति पौडेलले गरे राष्ट्रिय तथा सैनिक संग्रहालयको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्रहालय अवलोकन गर्न गएका हुन् ।

उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग, संग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायत पदाधिकारीले स्वागत गरेका थिए । राष्ट्रिय संग्रहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

नेपाली सेनाको सैनिक संग्रहालयमा पुग्दा उहाँलाई नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए । सैनिक संग्रहालयमा संग्रहालय प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया