काठमाडौं । इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनामा दोषी भनिएका नेपाली कांग्रेसका नेता अफताव आलम जेलबाट छुटेपछि सोही नरसंहारमा घाइते भएर बाँचेका गौरीशंकर राम चमार शरीरभरी खत लिएर काठमाडौं आएका छन् ।
२७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता आलमलाई उच्च अदालत वीरगञ्जले सफाई दिएपछि जेलबाट छुटेका छन् ।
उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई दिएपछि भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार अहिले काठमाडौं आइपुगेका हुन् । उनले आफू घटनाको फेहरिस्त सुनाउन राजधानी काठमाडौं आएको बताए । उक्त घटनामा बमले आफ्नो दुवै कान उडाइदिएको पीडित गौरीशंकरले बताए ।
उनको अनुहार, घाँटी र छातीमा गम्भीर चोट देख्न सकिन्छ । सो घटनामा घाइते अवस्थामा केही पर आफू भाग्न सफल भएको बताउँदै उनले जिउँदै इँटा भट्टामा पर्नबाट जोगिएको सुनाए । कसैले भारतमा पुर्याइदिएपछि उपचार गरेर बाँच्न पनि सफल भएको उनको भनाई छ ।
यतिबेला आलमलाई सफाई दिने उच्च अदालत वीरगञ्जका दुई जना न्यायाधीशमाथि प्रश्न उठिरहेको छ भने चौतर्फी आलोचना पनि भइरहेको छ । राजनीतिक पहुँचको आडमा आलमलाई सफाई दिएको भन्दै विरोध समेत भइरहेको छ ।
प्रतिक्रिया