काठमाडाैं । सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो । जसमध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तबरबाट र १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलिई छुट्याईएको मध्येबाट ५० हजार कित्ता म्युचुअल फण्डलाई बिक्री गरिने जनाइएकाे छ । जसका लागि न्युनतम २५ कित्ता र अधिकतम निष्काशन गरिएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।
छिटोमा असार ३२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रकाे वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहेकाे छ । ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । असार ६ गते नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।
प्रतिक्रिया