काठमाडौं । चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत महराजगञ्ज चप्पल कारखाना सडक विस्तारको काम सुस्त गतिमा चलेको छ ।
डिभिजन सडक कार्यालय मिनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एस.के. जेभीसँग २०८२ आषारभित्र सक्ने गरी सम्झौता गरिए पनि तोकिएको समयमा काम सकिने छाँट नदेखिएको स्थानीय बताउँछन् ।
महराजगञ्ज चोकदेखि चप्पल कारखानासम्मको करिब ७०० मिटर सो सडक सर्भिस लेन हित १० लेनको बन्ने छ ।
अहिले सो सडक विस्तारअन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भइरहेको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया