खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक

काठमाडौं । तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरु त देख्नै मुस्किल हुन थालेको छ ।

यद्यपि केही ठाउँमा मानिसहरुले धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् । ललितपुरको बुङ्‍मती र खोकनाका स्थानीय यतिबेला धान रोपाइँमा व्यस्त छन् ।

समयमै पर्याप्त वर्षा भएकाले रोपाइँ सहज भएको छ । असार १५ लाई देशभर राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइन्छ । किसानहरूका लागि यो दिन वर्षभरिकै मुख्य दिन हो ।

प्रतिक्रिया