काठमाडौँ । गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको चलचित्र ‘मालती मंगले’मा नायक विजय बराल र नायिका वर्षा राउत फाइनल भएका छन् । निर्माण पक्षले यी २ कलाकार शीर्ष भूमिकाका लागि फाइनल भएको शुक्रबार जानकारी दिएको हो । चलचित्रका निर्देशक प्रकु पाण्डेयाले उनीहरूको भूमिकाबारे थप खुलाउन नमिल्ने बताए । पण्डेयाका अनुसार यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्रको छायांकन भदौको पहिलो सातादेखि सुरु हुने उनले बताए ।
४० दिनमा सक्ने लक्ष्य लिएर उनी छायांकनमा निस्कन लागेका हुन् । यो चलचित्र यही वर्ष प्रदर्शनमा आउने बताइएको छ । रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा बन्ने यस चलचित्रको लेखक संयोग गुरागाईं हुन् । कथा भने निर्देशक पाण्डेयाकै हो ।
प्रतिक्रिया