‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौँ । ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । उनलाई आज अनामनगरबाट काठमाडौँ प्रहरी परिसरको टोलीले निन्त्रणमा लिएको हो । परिसरका एक प्रहरी अधिकारीका अनुसार इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध १० करोडको बैङ्किङ कसुरको जाहेरी परेको छ । सोही जोहेरीको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई यसअघि पनि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले २०७५ सालमा बैंकका कर्मचारीसँग मिलोमतो गरी कमसल जग्गा धितो राखी ११ करोड ठगी गरेको अभियोगमा पक्राउ गरेको थियो । त्यस्तै २०७६ सालमा बैंकिक कसुरमा पक्राउ परेका उनलाई २०७६ सालमै फेरि विदेशी विनिमय अपचलन गरेको आरोपमा राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो ।

प्रतिक्रिया