काठमाडौँमा ३ दिने ‘म्यांगो फेस्ट’ आजदेखि

काठमाडौँ । नेपालको आँपको बजारीकरण र प्रवद्र्धनका लागि ३ दिने नेपाल म्यांगो फेस्ट– २०२५ आयोजना हुन लागेको छ । काठमाडौँ अर्गानिक्स, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा १३ असारदेखि म्यांगो फेस्ट (आँप मेला)सुरु हुन लागेको हो । फेस्टिभल महाराजगन्जको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा हुनेछ ।

फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ । तराई मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवद्र्धन गर्नका फेस्ट आयोजना गरिएको हो । वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौँमा आयोजना हुने फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।

कार्यक्रममा १० भन्दा बढी प्रजातिका आँप, प्रत्यक्ष किसानबाट माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया किनमेल गर्न मिल्ने र आँप समावेश गरिएका २० भन्दा बढी परिकारहरू हुने फेस्टमा रााखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया